चितवनः भरतपुर महानगरको अग्रसरतामा बन्न लागेका दुईवटा आयोजनाको प्रधानमन्त्रीले शिलन्यासन गर्ने कार्यक्रममा महानगरले अशन्तुष्टि व्यक्त गरेको छ । महानगरको अग्रसरतामा निर्माण सुरु गरिएको सिटिहल र गोन्द्राङ–नारायणगढ ६ लेन सडकको भोली (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा महानगरको असहमती रहेको जनाईएको छ ।

महानगरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि शिलन्यासको बिषयमा आँफ्नो असहमती रहेको जनाएको हो । महानगर प्रमुख रेनु दाहालले केन्द्रीय सरकारले संघियताको मर्म बिपरित काम गर्न लागेको बताउनुभयो । संघियताको मर्म अनुसार महानगरले तीन पटक सम्म शिलन्यासका लागि समय माग गरेको भए पनि उपलव्ध नगराई अहिले शिलन्यास गर्न खोज्नुले केन्द्रकृत शासनको झल्को दिएको उहाँले बताउनुभयो ।
सिटिहल र सडकको शिलन्यासका लागि महानगरले माघ १४, २७ र पुस १० गते शिलन्यासका लागि समय माग गरेको भए पनि उपलव्ध नगराई अहिले महानगरलाई समेत जानकारी नदिई शिलन्यास गर्न लागिएको दाहालको भनाई छ । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले शिलन्यास गर्ने कार्यक्रमको बारेमा महानगरलाई औपचारीक जानकारी छैन । हामी उपस्थित हुन सक्दैनौ ।” संघिय सरकारले स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गरेको महसुस भएको दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सिटिहल निर्माणका लागि करिब ३ वर्षको प्रयास पछि मात्र काम सुरु भएको र ६ लेन सडक निर्माणका लागि दुइ महिना अघि देखि काम भईरहेको महानगरले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ४ विगाह ४ कठ्ठा क्षेत्रफल जग्गा वि. सं. २०७५ साल पुस १७ गते महानगरको स्वामित्वमा आएपछि सिटिहल निर्माणको काम सुरु गरिएको थियो ।
एक दिन आएर ढुङ्गामा पुजा गर्दैमा सरकारको दायित्व पुरा नहुने भन्दै उहाँले आँफुहरुको भूमिका अझै वढाउँदै लजाने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !