चितवनः भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट सुरु गरिएको छ । अस्पतालमा आँखा रोग बिभागको शुभारम्भ संगै सेवा सुरु गरिएको हो ।

अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले संयुक्त रुपमा बिभागको शुभारम्भ गर्नु भएको हो । सो अबसरमा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता अब हटेको बताउनुभयो ।

राजधानी बाहिरको सुबिधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि वढेको भन्दै उहाँले संघिय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी वढि भएको बताउनुभयो । निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारीले मधुमेह, उच्च रक्तचाप लगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानु पर्ने बाध्यता हटेको बताउनुभयो । तिवारीले भन्नुभयो “अहिले साधारण सेवाबाट सुरु गर्छाैं, पछि विशिष्ट सेवा दिन्छौं ।” हाल शल्यक्रिया बाहेक सबै सेवा उपलव्ध हुने उहाँले बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिभागमा २ जना बिशेषज्ञ चिकित्सक सहित प्राबिधिक समुह रहेको छ । पौडेलले अस्पतालको १३ औं बिभागको रुपमा आँखा बिभाग स्थापना भएको बताउनुभयो । यस अस्पतालमा चितवन सहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसुती सेवाका लागि राजधानी वाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !