पछिल्लो २४ घण्टामा ४३० कोरोना संक्रमित थपिए

काठमाडौं, पुस २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । हाल देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer