चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्ब मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री प्रति क्रान्तिकारी मतियार भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो “अहिलेको लडाई क्रान्ति र प्रतिक्रान्तिको रहेको छ । प्रधानमन्त्री ओली प्रतिक्रान्तिको कित्तामा गएर उभिनु भयो हामी जित्छौ। उहाँ हार्नुहुन्छ ।” नेकपा भरतपुुर महानगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा पाार्टी काार्यकर्र्ता भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रधानमन्त्रीले चालेको कदमले संबिधान निर्र्माणा गर्र्दाको मेहनत र पसिना खेरा गएको बताउनुभयो ।

संबिधानको खिल्ली उडाउँदै प्रणालीलाई ध्वस्त वनाएर आतंक मच्याउने काम भएको उहाँको आरोप थियो । अहिले प्रधानमन्त्री प्रतिक्रान्तिको कित्तामा गएर उभिएको आरोप लगाउँदै उहाँले भन्नुभयो “उहाँ अहिले प्रतिक्रियाबादी शक्तिहरुसँग मिल्न जानु भएकोे छ ।” प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरुरु छोडेर बाटो बिराएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “ओलीले पार्टी फुटाउन तीन महिना देखि कसरत गरेका थिए ।” ओलीको वालुवाटारको धङ्धङीका कारण मध्याबधि निर्वाचनमा गएको उहाँको आरोप छ ।

पार्टी एकतामा पुनः फर्कन आबश्यक रहेको भन्दै उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई कम्युनिष्ट आन्दोलनको माया भए जनतासँग माफी मागेर फर्कनुुस् ।” जनताको रगत र पसिनाले बनाएको संविधान एउटा व्यक्तिको सनकमा च्यात्न नपाईने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले संसद बिघठन कानुन बिपरित भएको बताउनुभयो । यसलाई कानुनलेनै सच्याउने जिकिर गर्दै उहाँले कानुनबाट पनि संसद विघटन नसच्चिए सडकबाट सच्याउन तयार रहेको दावी गर्नुभयो ।

बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद विघटन भएको बताउँदै उहाँले भन्नुभयो “संसद विघटन जघन्य राजनीतिक अपराध हो ।”

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, महानगर कमिटी सहसंयोजक ईश्वर सापकोटा लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !