चितवनः चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० बर्षको भाले गैडा आज मृत अवस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । मृत गैडाको नियमानुसार पोष्ट मार्टमका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखा पठाईएको उहाँले जानकारी दिनुभयो । उक्त गैंडा निकुञ्जको निगरानीमा रहेको जनाईएको छ ।
यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ वटा गैडा मरेका छन् ।