
चितवनः भरतपुर महानगरपालिका वार्ड नं. ८ ले भरतपुर स्वास्थ्य चौकी अन्तर्गत रहेर कामगर्दै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकालाई साईकल बितरण गरेको छ । आज वडा कार्यालयमानै आयोजित कार्यक्रममा ६ जना महिला स्वयंसेबिकाहरुलाई साईकल बितरण गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नं ८ का कोभिड–१९ को सक्रमितहरुको स्वास्थ्य स्थिती, विपन्न बालबालिकाको लगत संकलन गर्न र नियमित स्वास्थ्य सम्वन्धि जनचेतना दिदै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाहरुको कामलाई सहज होस र थप हौसला मिलोस भनेर प्रोत्साहन स्वरुप साईकल बितरण गरिएको भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । वडाध्यक्ष न्यौपानेले जनताको स्वाथ्यको क्षेत्रमा कुनै कमजोरी हुन नदिनका लागि आफु सदैव लागिपरेको र स्वास्थ्य चौकीका हरेक गतिबिधिमा आफ्नो साथ रहिरहने बताउनुभयो ।
बि सं. २०४२ सालमा स्थापना भएको भरतपुर स्वास्थ्य चौकीका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकालाई आज पहिलो पटक वडाले प्रोत्साहन स्वरुप साईकल बितरण गरेकोेमा निकै खुशि लागेको भरतपुर स्वास्थ्य चौकीकी प्रमुख ईश्वरा तिवारीले बताउनुभयो । यसले स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाको मनोवल बढ्नुका साथै काममा अझ बढि लगनशिल भएर लाग्न पे्ररित गर्ने प्रमुख तिवारीको भनाई छ ।
वडाले बिकास निर्माण,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा आफुलाई उत्कृष्ट सावित गर्दै आएको छ । वडा नं. ८ ले यस अघि पनि गौरिगञ्ज माध्यामिक बिद्यालयमा सिटिईभिटि अन्तर्गत कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुलाई स्टेशनरी समाग्री प्रदान गरेको थियो ।
कार्यक्रममा वडाध्यक्ष न्यौपाने, वडा सदस्यहरु भगवति गौतम, साबित्रि बि.क.वडा सचिव जयन्ती आचार्य,ईन्जिनियर सुरज देवकोटावडाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।