काठमाडौंः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । ओलीले पूर्वमाओवादी समूहबाट आएका नेताहरूलाई मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् । मन्त्री बन्नेमा टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साह, दावा लामा र मणि थापा रहेका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रायमाझीले ऊर्जा मन्त्रालय सम्हाल्नेछन् भने मणि थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने छन् ।

अहिले प्रधानमन्त्री ओली प्रचण्ड–माधव समूहका नेता प्रभु साहलाई तान्न खोजिरहेका छन् । साह ओली समूहमा आएमा श्रम तथा रोजगार मन्त्रालय दिने सम्भावना छ । त्यस्तै, गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस !