
काठमाडौंः पछिल्लो चौबीस घण्टामा ७३९ संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १८ सय आठ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५ सय १० जनाको पीसीआर गरिएको थियो । अहिले देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार ५ सय ९२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा चार सयजना छन् भने सात हजार तीन सय ८४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।