चितवनः दुधपोखरी सम्पर्क समाज चितवनले लम्जुङ्को दुधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन एम्बुलेन्स खरिद गरेको छ । लम्जुङ्को दुधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेहरुको संस्था दुधपोखरी सम्पर्क समाजले चन्दा संकलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।
समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । जसका लागि चितवन सहित स्वदेश र बिदेशमा रहेका दुधपोखरी घर भएकाहरुले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स संञ्चालनका लागि दुधपोखरी गाउँपालिकाको वडा नम्बर २ ले संयोजन गर्ने गरि संञ्चालक समिति वनाएर व्यवस्थापन गरिने छ ।

जिल्लाको सदरमुकाम वेशिशहरबाट ५० किलोमिटर पूर्बमा पर्दछ । जहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौं, पोखरा लगाएतका ठाउँमा रहेका अस्पताल जानु पर्ने बाध्यता रहेको छ । गोरखाको सिमा क्षेत्रमा पर्ने दुधपोखरी गाउँपालिकामा ११ हजार जनसंख्या रहेका छन् । यस एम्बुलेन्सले छिमेकी गाउँपालिकाको जनतालाई पनि सेवा पु¥याउने न्यौपाने वताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस !