
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्य ४०२ महिला र ६२२ पुरुष हुन् ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर १४ हजार २५५ संक्रिय संक्रमित छन् ।