काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । बुधबार तनहुँको व्यास नगरपालिकामा मोटरेबल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई करिब ३ घण्टापछि साझ रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।

रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताए । उनले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाएका थिए । पौडेलले बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराए ।

आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस !