
चितवन – भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेनमा डा. जगन्नाथ तिवारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार तिवारी अस्पतालको निमित्त प्रमुख मेसुका नियुक्त भएका हुन् ।
यसअघि अस्पतलाका प्रमुख मेसु डा.राजन पाण्डेले गत बुधवार पदबाट राजीनामा दिएपछि तिवारीलाई नियुक्त गरिएको हो । उनलाई मंगलबार अस्पतालमा स्वागत गरिएको छ । उनले मंगलबार बाट नै कार्यभार समेत सम्हालेका छन् । डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सी विभागका विभागीय प्रमुख रहेका थिए ।