चितवनः विवाह पबित्र वन्धन हो । त्यही वन्धनमा बाँधिए पछि मात्र बाल बच्चा जन्मने गर्दछ । तर यहाँ अचम्मको घटना घटेको छ ।
सुन्दा सबै जना अचम्बित वन्ने गर्दछन् । भरतपुर महानगरपालिका वडा नम्बर ५ का एक दम्पत्तिले आँफुहरुको विवाह भएको समय भन्दा पाँच वर्ष अघि छोरी जन्मिाएको भेटिएको छ । उनीहरुले सो बिबरण प्रशासन कार्यालयमा पेश गरे पछि घटना वाहिरीएको हो ।
नक्कली बाबु बनाउन खोजेको भेटिए पछि जिल्ला प्रशासन कार्यालय चितवनले
भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सहित १० जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले कारवाहीको दायरामा ल्याएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्र वहादुर मल्ल र आमा मिरा शाह वनाएर नागरिकता लिन लागेपछि अनुसन्धान सुरु गरिएको हो । छोरीको जन्म मिति वि.सं. २०५७ साल असोज १ गते र बाबु आमाको बिबाहा दर्ता वि. सं. २०६२ साल जेठ १६ गतेको भेटे पछि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । निजहरुले छोरीको जन्मदर्ता भने वि. सं.२०७० सालमा गरेको पाईएको छ । जन्मिए पछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । तर जन्म भएको मिति बाबु आमा भनिएकाको बिबाहा भएको मिति भन्दा अघि देखिए पछि शंका लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउनुहुन्छ ।
वडा कार्यालयको सिफारीस सहित कात्तिक १७ गते नागरिकता वनाउँन आएका उनीहरुबाट नक्कली कागजात भेटिएको हो । कागजपत्र पेश भए संगै कार्यालयले अनुसन्धान सुरु गरी वडा अध्यक्ष, वडा सचिब सहित ६ जनाको वयान लिई सकेको छ । अन्य चार जनाको वयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष र सचिवलाई कार्यालयले खोजेको समयमा उपस्थित हुने छु भनि कागज गरे पछि छोडिएको र अन्यलाई तारेखमा राखिएको शर्माले बताउनुभयो । कम्जोरी प्रमाणीत भएमा नागरिकता ऐन अन्तर्गत कारवाही गरिने शर्माको भनाई छ ।
यता वडा अध्यक्ष सुवेदीले सम्बन्धित व्यक्ति र स्थानीयको विश्वासमा परेर सिफारीस गर्दा समस्या भएको दाबी गर्नुभयो । उहाँले नागरिकता नवन्दै प्रशासनले पत्तालगाएकाले सजिलो भएको बताउनुभयो । शाहको यस अघिको श्रीमानबाट जन्मिएको छोरीलाई दोस्रो बिबाहा पछिको श्रीमानको नामबाट नागरिकता बनाउन खोजेको आँफु र सचिवलाई थाहा नहुँदा सिफारीस गरेको उहाँको भनाई छ ।