
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य १८६७ पुरुष र १२४७ महिलामा हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट देशभर थप २० जनाको मृत्यु भएको छ ।