चितवनः भरतपुरस्थित पूर्वपश्चिम राजमार्गमा ग्याँसबुलेटमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ९ मिलचोकमा पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटमा मोटरसाईकल ठोक्किंदा घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ बस्ने वर्ष २४ का मनोज सुनारको मृत्यु भएको छ । उनका बुबा ४८ वर्षिय खड्कबहादुर सुनार घाईते हुनु भएको छ । सोही दिसाबाट आउँदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाईकलमा ग्याँसबुलेटको बीचभागमा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।

घाईते सुनारको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ भने शव भरतपुर अस्पतालमा राखिएको छ । दुवै सवारीसाधन र बुलेटका चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !