चितवनः पुरानो मेडीकल कलेजमा उपचाररत एक जना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ का ८२ पुरुष रहेको अस्पतालले जनाएको छ ।
कात्तिक ६ गते निमोनिया सम्बन्धी उपचारका लागि अस्पताल ल्याईएका उनमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए सगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।






