चितवनः चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षिय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियकाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज राती ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !