चितवन – चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-१ का ९२ वर्षीय वृद्धको कोरोनाबाट मृत्‍यु भएको हो ।

अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार उनको आज (बुधबार) दिउँसो २:१३ बजे मृत्‍यु भएको हो । मृतकमा दुई दिन अघी मात्र कोरोना संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिए ।

खोकी र श्वाशप्रश्वाश र लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेका उनी मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना भएका थिए । उनको कोभिड आइसियुमा राखेर उपचार गर्ने क्रममा नै मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !