काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५०८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको छ । संक्रमित मध्य १७ जनाको मृत्‍यु भएसँगै मृतकको संख्या ९३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !