चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी रौतहट की एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहापुर नगपालिका वडा नम्बर १० कि ४३ वर्षीया महिला रहेकी छन् ।

मृगौलाको समस्याका कारण यहि कात्तिक ६ गते अस्पतालमा भर्ना भएकी उनको मंगलबार दिउँसो १ वजे मृत्यु भएको थियो । मृत्यु पछि आएको पिसिआर रिपोटमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु भएकी ती महिलामा सङ्क्रमण पुुष्टि भए पछि शव परिवारलाई जिम्मा लगाईएको छ । सम्बन्धित चिकित्सकको सल्लाहा अनुसार ती महिलाको शब राती ७ः ३० वजे आफन्तलाई जिम्मा लगाईएको र साबधानीका उपचायहरु अपनाउन भनिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका लक्ष्यण नदेखिएकाहरुको पिसिआर परिक्षण नगर्न निर्देशन दिएका कारण उनको सब परिवारलाई बुझाईएको पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !