दसैं बिदामा पनि चितवनमा कोरोना परीक्षण हुने

चितवन : नेपालीहरुको महान चाड बडा दसैंमा पनि चितवनमा कोरोना परीक्षण हुने भएको छ । आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा दसैं बिदाको समयमा पनि कोभिड १९ ल्याबहरु खोल्ने निर्णय गरेको हो ।

बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन जिल्लाका ल्याबहरु आलोपालो गरेर खोल्ने निर्णय भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख डा दीपक तिवारीले जानकारी दिए ।

अष्टमीको दिनमा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला, नवमीको दिन चितवन मेडिकल कलेज र दशमीको दिन दिन वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण हुने तिवारीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंमा ३ दिन ल्याब बन्द गरिने बताएको थियो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer