चितवन – कोरोना भाइरस संक्रमण फलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले नवरात्रमा मठमन्दिर एवं शक्तिपीठमा दर्शन गर्न निषेध गरेको छ । प्रशासन कार्यालयले नवरात्रमा मठमन्दिर एवं शक्तिपीठमा नित्य पुजा बाहेक दर्शन लगायतका अन्य गतिविधी गर्न निषेध गरेको हो ।

गृह मन्त्रालयले बिहीबार यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको थियो। गृहको निर्देशन अनुसार नै जिल्लाका पनि यस्तो निर्णय गरिएको प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !