चितवनः जिल्लाका २२ सहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रयोगशालामा १ सय ६९ जनाको नमुना परिक्षण गरिएको थियो ।
सङ्क्रमण देखिनेमा भरतपुर महानगरका ७ जना, राप्ती नगरपालिकाका ४ जना, खैरहनी नगरपालिकाका ५ जना, रत्ननगरका ६ जना र कावासोतीका १ जना रहेको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।