चितवनः जिल्लामा एकैदिन सशस्त्र प्रहरी बलका २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् ।

मर्ज भएपछि खाली रहेका विद्यालयमा सशस्त्रका बीओपी स्थापना गरिएका हुन् । सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उद्घाटन गर्नुभयो ।

दुबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो । बीओपी स्थापनासँगै चितवनको सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !