चितवनः भरतपुर बिमानस्थलमा आज देखि आन्तरिक उडान सुरु भएको छ । गएको चैत्र ११ गतेबाट बन्द भएको उडान आजबाट सुरु भएको हो । यहाँबाट यती एयरलाईन्स र वुद्ध एयरले अडान सुरु गरेका हुन ।

आज दुबै एयरलाईन्सले दुई दुई वटा उडान भर्दै छन् । वुद्ध एयरले विहान ११ः१० र ३ः४० वजे उडान गर्ने जनाएको छ भने यती एयरलाईन्स विहान १०ः५० र २ः२५ वजे उडान भर्ने छ । ६ महिना पछिको पहिलो दिन भएकाले दुवै एयर लाईन्सले चालक दलमा दुबै जना क्याप्टेन राखेर जहाज उडान सुरु गरेका हुन ।

बिमानस्थलमा असार ३० गते तारा एयरले चार्टर उडान गरेको थियो । लकडाउन अघि दैनिक पाँच वटा वुद्धले र ३ वटा यतीले उडान भर्दै आएका थिए । दुबै एयरलाईन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमााडौंबाट चितवन गरेका थिए ।
नागरिक उड्ययन प्राधिकरण भरतपुरका प्रमुख योज्ञन्द्र कुँवरले सुरक्षा कार्यबिधि पूर्ण रुपमा अपनाएर उडान सुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !