चितवनः चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ निवासी ३१ वर्षिय पुरुषको बिहिबार राती १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।
स्वासप्रश्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिनुभयो ।






