चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाँउपालिका ६ स्थित चोर खोलामा राती १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाँउमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।

पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अबरुद्ध बनेको छ । पानी पहिरेकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !