चितवन – चितवनका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज (सोमबार) २९८ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार संक्रमित मध्य भरतपुर महानगरपालिकाका ४ जना छन् भने कालिका नगरपालिकाका ७ जना छन् । भरतपुरको वडा नम्बर ४,१६,३ र २४ का २८ र ३८ वर्षीय २ पुरुष तथा २१ र २४ वर्षीया २ महिलामा कोरोना देखिएको हो ।
यस्तै कालिकाको वडा नम्बर ८ र ९ का ७ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ । जसमा ७,८,१४,२२ र ४१ वर्षीय ५ पुरुष तथा १८ र ३५ वर्षीया २ महिला रहेका छन् ।