चितवनः स्काईलार्क एग्रो अबिनाश ग्रुप नारायणगढले भरतपुर अस्पतालद्धारा संञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसीआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र बिष्टले आज मेसिन अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसीआर मेसिन सहयोग गरिएको हो । ग्रुपले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरि भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो । बिष्टले सामाजिक उत्तरदायीत्व अन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण वढ्दै जाँदा ग्रुपले अत्याधुनिक प्रबिधिको मेसिन खरिद गरि हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । ग्रुपका निर्देशक टिकाराम पोख्रेलले यस मेसिनले पहिलाको भन्दा चाँडो नतिजा दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना सङ्क्रमण वढ्दै जाँदा .नतिजालाई विश्वसनिय र छिटो गर्नका लागि मेसिन सहयोग गरेका हौ ।”

सो अबसरमा बोल्द्रै महानागर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अबस्थामा अतुलनिय रहेको बताउनुभयो । अहिले सम्म महानगर बासीको सहयोगले कोरोना नियन्त्रणमा सहज भएको बताउँदै उहाँले महामारीको समयमा सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष डा. अधिकारीले नतिजा चाँडो निकाल्नका लागि नमुना घान हाल्ने अर्थात आरएनए एक्सट्याक्टर मेसिन मन्त्रालयसंग माग गरिएको जानकारी दिनुभयो । अहिले यहाँ भएको पिसीआर मेसिनले एक पटकमा ९६ वटा नमुनामात्र परिक्षण गर्न सकीने भएकाले घान हाल्ने मेसिन आए संगै दिनिक एक हजार नमुना परिक्षण गर्न सकिने उहाँले बताउनु भयो । यस मेसिन आए संगै दैनिक ५ सय नमुना पहिले भन्दा छिटो परिक्षण गर्न सकिने भएको छ ।

प्रयोगशाला प्रमुख अधिकारीका अनुसार प्रयोगशालाको स्थापना पछि आज सम्म २३ हजार भन्दा वढि नमुना परिक्षण गरिएको छ । जस मध्ये चितवनका १८ हजार रहेको उहाँले जानकारी दिनुभयो । परिक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ८५ चितवनका रहेका छन् ।

हाल प्रयोगशालामा संञ्चालनमा रहेको पिसीआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । नयाँ मेसिन पाए संगै अस्पतालले विश्वविद्यालयलाई उपकरण फिर्ता गर्न पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस !