चितवनः भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा बरिष्ठ फिजिसियन डा. राजन पाण्डे नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरको निर्णयले पपाण्डेलाई यहि भदौ २४ गते देखि अर्को निर्णय नभए सम्मका लागि प्रमुखको रुपमा पठाईएको हो ।

यस अघि अस्पतालको मेडिकल सुपरिटेण्डेन्टका रुपमा डा.. श्रीराम तिवारीलाई मन्त्रालयले गत २०७६ साल असार १९ गते पठाएको थियो । तिवारी प्रमुख भएर आए संगै अस्पतलालाईै केन्द्रिय अस्पताल वनाउने, प्रशासनलाई चुस्तदुरुस्त वनाउने, कोभिड व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगाएतका कामहरु भएको थियो ।

तिवारीले आफ्नो सरुवा भएको जानकारी आए पनि कहा खटाईएको हो भन्ने आफुपले जानकारी पाउन नसकेको बताउनुभयो । कोभिड १९ को उपचारका लागि अस्पताललाई अव्वल वनाउँदै गर्दा तिवारीको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस !