काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४५ हजार नाघेको छ । आजसम्म ४७ हजार २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १६ हजार २ सय ५९ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ९ हजार ६९ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ६ सय ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६० प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा छन् ।