चितवनः भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा कार्यरत दुई जनामा कर्मचारीलाई बिदाई गरिएको छ । प्रयोगशाला स्थापना देखि काम गर्दै आउनु भएका क्यान्सर अस्पतालका दुई जना कर्मचारीलाई बिदाई गरिएको हो । एक चिकित्सक सहित ९ जना प्राबिधिक कर्मचारी कार्यरत रहेका छन् ।

अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, प्रदेश सभा सदस्य बिजय सुवेदी, अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल लगाएतले उहाँहरुलाई सम्मान सहित बिदाई गर्नु भएको हो । बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै प्रयोगशालामा सञ्चालन गर्ने तयारी गरेपछि उनीहरुलाई फिर्ता पठाईएको हो ।

प्रयोगशाला स्थापनामा महत्वपूर्ण भूमिका निवाह गर्नुभएका क्लिनिकल माइक्रोवायोजोजिष्ट प्रदिप हमा र प्राबिधिक दिपक सुवेदीलाई बिदाई गरिएको हो । चैत २१ ग्ते देखि सञ्चालनमा आएको प्रयोगशालामा हाल सम्म २१ हजार जनाको नमुना परिक्षण गरिएको छ । जस मध्ये १ हजार २ सय भन्दा वढि संक्रमित देखिएका थिए । ती मध्ये चितवनका १६ हजार रहेका छन् । जस मध्ये ९ सय ५७ जना चितवनका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !