बुटवलः कोरोना संक्रमणबाट रूपन्देहीमा थप २ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १ महिला र १ पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर २ की ३७ वर्षीया महिलाको शनिबा बिहान र बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।

बुटवलका ती पुरुष १५ भदौमा अस्पताल भर्ना भएका थिए । त्यस्तै, नवलपरासीकी महिला १७ भदौ देखि भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

अस्पतालका अनुसार दुवैमा ज्वरो र श्वासप्रश्वास र्भ पनि अन्य दीर्घ रोग भने थिएन । योसहित रूपन्देही कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !