
चितवन : चितवन मेडिकल कलेज (सिएमसी) मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ कि ५२ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको अस्पतालको सघन कक्षमा उपचाररमा क्रममा आज दिउँसो १:४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र १० गते निमोनियाका कारण अस्पताल भर्ना भएकी उनमा भाद्र १२ गते कोरोना पुष्टि भएको थियो । मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो ।