काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ८५५ जना सहित नेपालमा अहिले ३३ हजार २ सय ३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८५५ जना थपिए संगै देशभर ३३ हजार भन्दा माथि संक्रमित पुगेको हो ।

यीमध्ये १४ हजार २५० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ५८१ संस्थागत आइसोलेसनमा छन् भने ५ हजार ६६९ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ३१३ जनाको संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १९ हजार ११९ पुगेको मन्त्रालयको तथ्यांक रहेको छ । कुल संक्रमितमध्ये ५७ प्रतिश डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस !