काठमाडौंः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ ।
आज अपराह्न ४ः ४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । अध्यक्षद्वयले ३० साउनमा पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वमा कार्यदल गठन गरिएका थिए । कार्यदलले प्रतिवेदन सर्वसम्मतिले तयार परेर बुझाएको थापाले जानकारी दिनुभयो ।