काठमाडौंः नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट एक महिला र १० पुरुषको मृत्यु भएको हो ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानसहितका ११ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।