वीरगन्जः वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पतालका डा. जेपी जैसवालले जानकारी दिनुभयो ।
मृतक महिला वीरगञ्ज महानगरपालिका–१५, भेडियाहीकी हुन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।