चितवनः ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा रहेको लामो झरनामा नुहाउने क्रममा एक युवाको पानीमा डुवेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्याक्लाङ्गका २० वर्षिय अबिशेक मगर रहेका छन् ।
लामो झरना तल रहेको तालमा नुहाउने क्रममा दिउँसो ३ वजे बेपत्ता भएका उनको साँझ ५ वजे शव फेला परेको हो । शशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरीनटारका समादेशक शशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कालिदाश धौवजीको नेतृत्वमा गएको गोताखोर टोलि र नेपाल प्रहरीले उनको खोजि गरी शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस !