चितवनः जिल्लामा १२ दिन पछि कोरोना भाईरसको संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ का ७९ वर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो ।
वृद्धमा कोरोना संक्रमण देखिए पछि चितवनमा पनि कोरोना भाईरसको संक्रमण समुदायमा फैलिएको पुष्टि भएको हो । केही दिन अघि भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको प्रानकृतिक चिकित्सालयमा फिजियो थेरापि गर्न जानु भएको थियो ।
देशका बिभिन्न शहरमा कोरोना संक्रमण वढिरहेका बेला जिल्लामा ११ दिन यता कोरोना संक्रमण देखिएको थिएना । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा साउन ९ गते यता संक्रमण नदेखिएको हो ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार जिल्लाको मात्र दैनिक १ सय ५० हाराहारी परिक्षण हुँदै आएको छ । साउन ९ गते भरतपुर महानगरपालिका वडा नम्बर ११ का एक पुरुषमा कोरोना देखिएको भए पनि त्यस यता नदेखिएको उहाँले जानकारी दिनुभयो । हाल प्रयोगशालामा सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पतालहरु संगै क्वारेन्टिनको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।
हाल सम्म यो प्रयोगशालामा १२ हजार १ सय ५४ जनाको परिक्षण गरि सकिएको छ । जस मध्ये ८ हजार भन्दा वढि चितवनको रहेको प्रयोगशालाले जनाएको छ । अधिकारीका अनुसार सोमबार सम्मको नतिजामा चितवनको नतिजा नेगेटिभ देखिएको हो । प्रयोगशालामा परिक्षण गरिएका कुल संख्या मध्ये ३ सय ५२ जनाको कोरोना संक्रमण देखिएको छ । जस मध्ये १ सय १५ जना चितवनका हुन ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंम्खडाका अनुसार हाल भरतपुर अस्पतालको आईसोलेसनमा ६ जना संक्रमित उपचाररत छन् भने अन्य उपचार पछि निको भएर घर फर्किएका छन् । हाल सार्वजनीक क्वारेन्टिनमा २ सय ३१ जना र होम क्वारेन्टिनमा २ सय ५ जना होम क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाभरमा क्वारेन्टिनको संख्या १ सय २४ रहेकोमा केही घटेको उहाँले जानकारी दिनुभयो । जिल्लामा अन्य जिल्लाबाट आउने मानिसहरुको चाप वढ्दो रहेको छ । जसका कारण उच्च सुरक्षा सतर्कता अपनाईएको छ । स्थानीय प्रशासनले माक्स बिना हिडडुल गर्न रोकेको छ । प्रशासनले, भेला, बैठक, सभा, सम्मेलन, बिद्यालय संञ्चालन लगाएतका काममा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले टोल सुधार समितिका अध्यक्षलाई टेलिफोन गरि टोलमा नयाँ मानिस आएमा निगरानी गर्न लगाईएको बताउनुभयो । उहाँका अनुसार उद्योग वाणिज्य संघ, उद्योग संघ, निर्माण व्यवसायी संघ लगाएतका संघ संस्थालाई वाहिरी जिल्लाका मान्छे ल्याउनका लागि प्रशासनको अनिवार्य अनुमति लिन भनिएको छ । उद्योगमा रहेका मजदुरको आरडिटि परिक्षण गरि आबश्यक भएमा पिसिआर परिक्षणका लागि जानकारी दिन सम्बन्धित उद्योगहरुलाई प्रशासनले निर्देशन दिएको छ ।
भारत सहित संक्रमित क्षेत्रबाट आएका मजदुरको बिबरण प्रशासनलाई बुझाउन सम्बन्धित उद्योगलाई भनिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रबेश नाकामा कडाई गरिएको छ । भट्टराईले भन्नुभयो “हामी जोखिममा छौ । सबैले साथ र सहयोग गरेमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।”
–––––

प्रतिक्रिया दिनुहोस !