चितवन – सोमबार पक्राउ परेका सरकारबाट प्रतिवन्धित नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समुहका चितवन इन्चार्जसहित चार जनाको म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका मध्य विप्लव समुहका चितवन ईन्चार्ज लालबहादुर विसीसहित ४ जनाको आज (मंगलबार) म्याद भएको हो । चार जनामध्य वीसीको चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्य ३ जनाको भने जिल्ला प्रशासन कार्यलय चितवनबाट ७ दिनको म्याद थप भएको प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले बताए । दलित मुक्ति मोर्चाका केन्द्रिय महासचिब रामलाल विक, होमबहादुर खड्का, भीमवहादुर श्रेष्ठलाई ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको डिएसपी थापाले बताए ।

पक्राउ परेका दानवहादुर श्रेष्ठको भने संगल्नता नदेखिएकोले प्रहरीको निगरानीमा रहने गरी छोडिएको उनले बताए । उनिहरु सोमबार राती ८:३० बजे राप्ती नगरपालिका ९ रसौलीबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस !