चितवनः नारायणी नदीमा वगिरहेको अबस्थामा प्रहरीले दुई जनाको उद्दार गरेको छ । उनीहरुलाई शुक्रबार नदीले वगाएको अबस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार उद्दार गरिनेमा एक जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरुलाई फरक फरक स्थानबाट उद्दार गरिएको हो ।
एक पुरुष र एक महिलालाई उद्दार गरि अस्पताल ल्याईएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–३ स्थितमा नारायणी नदीले मानिस बगाएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उद्दार गरेका हुन । नारायणी नदी पुलबाट हाम फालेका पुरुष लाई वडा प्रहरी कार्यालयका दुई जना प्रहरीले र नदीले बगाएर ल्याउँदै गरेकी महिलालाई स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरिएको थापाले जानकारी दिनुभयो ।
उनीहरु मध्ये महील सामान्य उपचार पछि घर फर्कीएकी छन् भने पुरुषको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । बर्षातको समयमा नदीको बहाव उच्च हुने हुँदा अनावश्यक रुपमा नदी किनारमा नगइदिन समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !