काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलको शृङ्खलाले आज पनि निकास पाउन सकेन ।
बुधबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल बसे पनि निकास पाउन नसकेको स्रोतले जानकारी दियो ।
पार्टी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आजको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको र भोलि स्थायी कमिटी बैठक राख्‍ने समझदारी भएको जानकारी दिनुभयो ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्ति पछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्‍न सकेको छैन ।

पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक रोक्ने समझदारी भएको थियो । भोलिबाट बैठक सुरु गर्न तीनै नेता सहमत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !