चितवनः नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीले चितवन शाखालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्नुभएको छ । शनिबार एक कार्यक्रमकाबीच शाखा अध्यक्ष अनिल ढकाललाई सामाग्री हस्तान्तरण गर्नुभयो । सेनिटाइजर, एन ९५ मास्क ७० थान र १५ थान प्रेस ज्याकेट सहयोग गर्नुभएको हो । केसीले चैत १४ गतेदेखि २५ जिल्लाका पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री तथा क्वारेन्टिनमा बसेकालाई खाना, खाजा सहयोग गरिसक्नुभएको छ ।
केसी कोहलपुर–८ बाट प्रकाशन हुने मार्ग रेखा दैनिकका प्रकाशक समेत हुन् । “फ्रन्टलाइनमा बसेर पत्रकारिता गर्नेलाई सकेको सहयोग अभियान चलाएको छु”, केसीले भने, “७७ जिल्लामै सहयोग पु¥याउने लक्ष्य छ ।” उहाँले वर्दीया, धनगढी, दाङ, डडेल्धुरा, परासी, कपिलवस्तु लगायतका ठाउँमा सहयोग गरिसकेका छन् । “रिपोर्टिङमा खटिने पत्रकार कोरोना संक्रमणको जोखिममा छन्, यो बेला सावधानी अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पत्रकारको आत्मबल बढाउन जरुरी पनि छ ।” सबै पत्रकारको विमा, समयमै पारीश्रमिक पाउने वातावरण सुजना गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भरतपुर ८, १८ र १९ का क्वारेन्टाइनमा बसेकालाई खाना सहयोग समेत गर्नुभएको थियो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पत्रकारलाई प्रोत्साहन गर्दै सुरक्षित तवरले पत्रकारिता गर्न प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो । शाखा अध्यक्ष ढकालले केसीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री क्रियाशिल पत्रकारलाई वितरण गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ तथा प्रेस युनियनकी केन्द्रीय सदस्य सृजना अर्यालले कोरोना संक्रमण फैलिन नदिन पत्रकारले समाजलाई सतर्क बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !