चितवनः माडीमा खोलाले वगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय पुरुष रहेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
दुई दिन देखि परेको बर्षातका कारण रिमाल खोला वढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले वगाएर ल्याएको अबस्थामा माडी नगरपालिका वडा नम्बर वडा नम्बर ७ हरीनगरमा शव भेटिएको हो ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पानीको वहाब वढ्न थाले संगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीले लगाएको ड्याम नदीले वगाएको हो । सात मिटर ड्याम मध्ये दुई मिटर मात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।
यता वर्षाका कारण भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षती भएको प्रहरीले जनाएको छ । भोजाडमा रहेको एउटा घरमा क्षती भएको हो । त्यसै गरि यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भईरहेको प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्गले जानकारी दिनुभयो ।