चितवनः सयुक्त राजनीति दलित सघर्ष समिति चितवनले रुकुममा भएको घटनाको बिरोधमा गृह मन्त्रीको राजिनामा माग गरेका छन् । रुकुममा भएको घटनाको बिषयलाई लिएर प्रदर्शनका क्रममा राजिनामा माग गरेकाहुन ।
सो क्रममा गृहमन्त्री रामबहादुर थापाले दोशिलाई जोगाउन खोजेको आरोप लगाएका हुन । सो अबसरमा बोल्ने बक्ताहरुले सरकारकाले न्याय दिन नचाहेको आरोप लगाए । रुकुम पश्चिमको जिल्लामा भएको घटनामा पूर्ब गृहमन्त्री, बाहलवाला गृहमन्त्री लगाएतले थिचो मिचो गरेको उनीहरुको भनाई थियो ।
सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठ, राष्ट्रिय समाजबादी पार्टीका बिष्णस तिमिल्सीना, राप्रपाका रुद्र ढकाल, नेपाल कम्युनिष्ट पार्टी बैद्य समुहका जिल्ला सेक्रेटरी अशोक शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियारको संयोजकत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !