आठ जुवाडे पक्राउ

चितवनः जिल्लामा प्रहरीले रु ६१ हजार ७ सय ४३ नगद सहित आठ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १ मिलन रोड स्थित प्रकाशमान कर्माचार्यको घरमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा सोमबार अपरान्ह ४ बजे प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १ का ५५ वर्षीय प्रकाशमान कर्माचार्य, सोही स्थानका ४५ वर्षीय सरस्वती कुमार श्रेष्ठ, ५७ वर्षीय गम्भीर श्रेष्ठ, ४१ वर्षीय अनिल कुमार श्रेष्ठ, ४९ वर्षीय राज कुमार श्रेष्ठ, ४५ वर्षीय सुर्य कुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारतको कोलकाता घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २ बस्‍ने ३८ वर्षीय बप्पी खान रहेका छन् । उनीहरुको साथबाट तीन बुक तास समेत बरामद गरिएको उहाँले जानकारीदिनुभयो ।