पुरुषको शब फेला

भरतपुर महानगरपालिका वडा नम्बर १० मा एक पुरुषको भेटिएको छ । मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै एउटा बेवारिसे शव फेला परेको हो । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बोरामा बेरेको अबस्थामा शब भेटिएको हो ।

सडकमा हिँड्ने मानिसहरूको कुटपिटबाट मारिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।