चितवनः लकडाउनको अबधिमा चितवन जिल्ला अदालतबाट १ सय २५ मुद्धा फैसला भएका छन् । कोरोना संक्रमणको समयमा सरकारले कलडाउन गरे संगै अदालतमा २ सय ३० वटा मुद्धा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १ सय २१ जना छुटेका छन् ।

अदालतका श्रेष्तेदार रुद्रमणी गिरिका अनुसार लकडाउनका समयमा बन्दि प्रत्यक्षीकरणमा १, सरकारवादी फैजदारी १ सय २४, दुनियाबादी देवानी ८१, दुनियाबादी फैजदारी २१ र निषेधाज्ञ ३ वटा मुद्धा दर्ता भएका थिए । फैसला हुनेमा सरकारबादी फौजदारी ४५, दुनियाबादी देवानी ४०, दुनियावादी फैजदारी १०, निषेधाज्ञा १, मिलापत्र २१ भएको छ । यस्तै ८ वटा मुद्धा फिर्ता भएको गिरिले जानकारी दिनुभयो ।
अदालतका अनुसार लकडाउनका समयमा मुलुकी फैजदारी कार्यबिधि संहिताको दफा १ सय ५५ बमोजीम सुविधा पाउने कैदीको संख्या १८ जना रहेका छन् । जसमा एक वर्ष सम्म कैद तोकीएकाहरु लाई दैनिक रु ३ सय तिरेर कैद भूक्तान गरेका थिए । यसका लागि २६ वटा निवेदन दर्ता भएका थिए । सोही समयमा २६ वटा पक्राउपूर्जी, जरुरी पक्राउपूर्जी समर्थन ६० वटा, म्याद थप २ सय २३ पटक, बिवाह दर्ता २ वटा, अधिकृत वारेसनामा ८ वटा काम भएको उहाँले जानकारी दिनुभयो ।
लकडाउनको समयमा पनि कार्यालय बन्द नभई काम भएको यस कार्यालयले चैतको ९ गतेबाट अभियोग दर्ता, थुनछेक, म्याद थप, जरुरी पक्राउ पूर्जी जस्ता काम रोकीएको थिएन । जेठ १९ गते पछि थुनुवाको मुद्धा सुनुवाई, कसुर ठहर भई सजाय निर्धारण, वालवालिकाको मुद्धा सुनुवाई र विवाह दर्ता लगाएत जेठ ३० गते देखि मुद्धाको डिसमिस, तामेलिका लागि सुनुवाई, मिलापत्र लगाएतका काम समेत गरिएको कार्यालयले जनाएको छ । असार महिनाबाट सम्पूर्ण काम भई रहेका गिरिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !