चितवनः पछिले समय नेपालमा आत्महत्या गर्नेको संख्या वढ्दो क्रममा रहेको छ । यसमा पनि सामाजिक सञ्जालको प्रयोग गरि आँफुले आत्महत्या गरेको सार्बजनीक गरेर ज्यान फाल्नेहरुको संख्या वढ्दो क्रममा रहेको छ ।
नेपालको पश्चिम क्षेत्र दाङ्गमा घटेको घटना सेलाउन नपाउँदै चितवनमा पनि यस्तै घटना भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा कोठा भाडामा बस्ने २१ वर्षिया युवतीले सामाजिक सञ्जल फेसबुक मार्फत आफ्नो आत्महत्याको भिडियो सार्बजनीक गर्दै ज्यान फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता शुर्य वहादुर थापाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २४ पार्वतीपुर घर भई भरतपुर महानगरपालिका वडा नम्बर १० स्याउलीवजारमा भाडामा बस्ने युवातीले आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनले शनिबार राति करिब १० वजे आँफु बस्ने कोठाको पंखामा पासो लगाएर आत्महत्या गरेकी हुन ।
मृतकको कोठाबाट मादक पदार्थका बोटलहरु र केही मात्रामा लागूऔषध सिरिन्ज बरामद गरिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !